सरकारले निर्वाचनकाे वातावरण बनाओस्, हामी सहभागी हुन्छौं: केपी ओली

1 Min Read

१० पुस- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले वातावरण बनाए चुनावमा जान आफू नेतृत्वको पार्टी तयार रहेको बताउनुभएको छ।

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका स्वयंसेवकलाई धन्यवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो। 

स्वतन्त्र, धाँधलीरहीत चुनाव होस् भन्ने चाहना एमालेको भएको अध्यक्ष ओलीकाे भनाइ छ। ‘निर्वाचनको परिस्थित सरकारले बनाउँछ भने हामी निर्वाचनमा सहभागी हुन्छौँ। हामी चुनावमा जान्छौँ बहुमत ल्याउछौँ,’ अध्यक्ष ओलीले भन्नुभयाे, ‘स्वतन्त्र, धाँधलीरहीत चुनाव होस्। हामी त्यही समयको पर्खाइमा छौँ। हामी जस्तो पनि परिस्थितिका लागि तयार छौँ।’

‘राष्ट्रपतिलाई हामीले भन्यौँ- चुनाव विरोधी हामी होइनौँ। प्रतिगमन हुन हुँदैन भन्यौँ। प्रतिनिधिसभा पुनर्स्थापना छिटो हुनुपर्छ भन्ने कुरा भयो। यो अदालतमा छ अदालतले जे फैसला गर्छ त्यहीअनुसार हुन्छ,’ अध्यक्ष ओलीले भन्नुभयाे, ‘प्रधानमन्त्री, राष्ट्रपति चुनाव गरौँ भन्नुहुन्छ। तर, वातावरण बनेको खोई ? अहिले पनि विभिन्न आक्रमण भइरहेका छन्। नेताहरूलाई कतै जान दिइएको छैन। यसरी निर्वाचनको वातावरण हुन्छ ?’

Share This Article
Leave a Comment