फागुन १९,झापा– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात तथा आपूर्ति नियमित भइरहेकाले अनावश्यक रूपमा भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सोमबार जारी सूचनामार्फत पेट्रोलियम पदार्थ पाइपलाइनमार्फत निरन्तर आयात भइरहेको र आसन्न निर्वाचन अवधिभर पर्याप्त आपूर्ति कायम रहने जानकारी दिनुभएको छ।
उहाँले अनावश्यक रूपमा जेरीक्यान वा ड्रममा इन्धन संकलन गर्दा आगलागी जस्ता दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्तो कार्य नगर्न आग्रह गर्नुभएको छ। जोखिम न्यूनीकरणका लागि आवश्यक परिमाणमा मात्र पेट्रोलियम पदार्थ खरिद गर्न निगमले सबै उपभोक्तासमक्ष अपिल गरेको छ।
इन्धन नियमित हुन्छ : आयल निगम
Leave a Comment
Leave a Comment

