वैशाख १२– शुक्रबार कमल–१ खेलकुद विकास समितिको आयोजनामा दुई प्रतियोगिता सम्पन्न भएका छन्।
वडा नम्बर १ को सहयोगमा जिल्ला स्तरीय बुद्धिचाल तथा पालिका स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको वडाध्यक्ष केदार कटुवालले जानकारी दिनुभयो।
वडा कार्यालयको सभाहलमा सम्पन्न बुद्धिचाल प्रतियोगितामा सहभागी २१ जना खेलाडीमध्ये राजन सुवेदीले प्रथम स्थान, कृष्ण सिग्देलले दोस्रो तथा श्रीयन्स चौलागाईंले तेस्रो स्थान प्राप्त गर्नुभयो।

समितिकै आयोजनामा वैशाख ३ गतेबाट सुरु भएर शुक्रबार नै सम्पन्न क्रिकेट प्रतियोगिताअन्तर्गत फाइनल प्रतिस्पर्धामा कमल–१ को समूहले कमल–२ लाई पराजित गर्दै प्रथम स्थान प्राप्त गरेको छ भने कमल–२ को समूह उपविजेता बन्न सफल भएको छ।
कमल–१ को सोलमारीमा आयोजित क्रिकेट प्रतियोगितामा कमल गाउँपालिकाका ७ समूहको सहभागिता रहेको थियो। क्रिकेट प्रतियोगिताको विजेता समूहले नगद २५ हजार तथा उपविजेताले १५ हजार नगदसहित सिल्ड र प्रमाणपत्र प्राप्त गरेको आयोजक संस्थाले जानकारी गराएको छ।
दुवै प्रतियोगिताका विजेता खेलाडी तथा समूहलाई वडाध्यक्ष केदार कटुवालले पुरस्कर प्रदान गर्नुभएको खेलकुद समितिका अध्यक्ष अनुप काफ्लेले जानकारी दिनुभयो।

