५ असोज, काठमाडौं । न कुनै प्रचार कुनै मिडियाबाजी । गतसाता भएको जेनजी प्रदर्शनबाट हलहरू प्रभावित आममान्छेहरूलाई फिल्म हेर्ने खासै रूचि छैन ।
यहि बेला एउटा जापानी फिल्मले भने नेपाली बक्स अफिसमा तहल्का पिटिरहेको छ । फिल्मले स्क्रिन पनि राम्रै संख्यामा पाएको छ । त्यो फिल्म हो-डेमोन स्लेयर : किमेत्सु नो याइबा द मूभी इन्फिनिटी क्यासल ।
यसै बुधबार मात्र रिलिज भएको यो फिल्मले अहिलेसम्म १ करोड रूपैयाँ बढी व्यापार गरिसकेको छ । अब सप्तान्त पनि आइरहेकाले फिल्मले नेपालबाट डेढदेखि २ करोडसम्म कमाइ गर्ने अनुमान गरिएको छ ।
तर, यो फिल्मले नेपालमा मात्र नभएर विश्वभर नै अहिले आक्रामक कमाइ गरिरहेको छ । अमेरिकन बक्स अफिसमा त फिल्म नम्बर १ मै रहेको छ । त्यो भनेको हलिउडमाथिको ठूलो चुनौती पनि हो । छोटकरीमा यो फिल्मलाई इन्फिनिटी क्यासल पनि भनिन्छ ।

