त्रिविको प्रश्नपत्र आउट गरेको आरोपमा दुई जना पक्राउ

1 Min Read
MBS paper leak - 1

 साउन १०– त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्न पत्र आउट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

गएको शुक्रवार भएको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा शुरू भएको ५ मिनेटमै ‘एमबीएस फर्स्ट सेम सेक्शन सी’ नामक ह्वाट्सएप ग्रुपमा प्रश्नपत्र बाहिरिएको थियो ।

साइबर ब्युरोले प्रश्नपत्र पठाउने ‘सुलभ सर’ भनिने व्यक्तिसहित दुई जनालाई पक्राउ परेको हो । झन्डै १ हजार २३ जना सदस्य रहेको ग्रुपमा प्रश्नपत्र बाहिरिएपछि व्यवस्थापन सङ्काय डीनको कार्यालयले अनुसन्धान र कारबाहीका लागि हिजो शनिवार नै साइबर ब्युरोमा पत्राचार गरेको थियो ।

यसैबीच त्रिवि परीक्षा नियन्त्रण महाशाखाले घटनाको निष्पक्ष छानबिनका लागि प्राध्यापक डाक्टर अच्युत ज्ञवालीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई सत्यतथ्य पत्ता लगाई ७ कार्यदिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ ।

Share This Article
Leave a Comment