माघ १४– हिजो उच्च अङ्कले घटेको शेयर बजार आज भने सामान्य रूपमा सुधारिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५ दशमलव ०८ अङ्कले बढेर २ हजार ७ सय ३१ दशमलव ५९ विन्दुमा पुगेको छ।
आज बैंकिङ, लगानी, बीमा र माइक्रोफाइनान्स समूह बाहेक अन्य सबै समूहका शेयरमा सामान्य वृद्धि देखिएको छ। समग्र कारोबारमा १ सय ४१ वटा कम्पनीको शेयर मूल्य बढ्दा १ सय १२ वटाको घटेको छ भने ७ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत् कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। तर बजार सामान्य रूपमा बढेको दिन पनि गुल्मी विल फाइनान्स कम्पनीको ‘डिबेन्चर २०८३’ सबैभन्दा धेरै ८ दशमलव ०७ प्रतिशतले घटेको छ।
परिसूचक बढे पनि आज कारोबार रकम भने घटेको छ। हिजो १४ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज ३ सय ३४ वटा कम्पनीका २ करोड ३६ लाख कित्ता शेयर ११ अर्ब ४९ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ ।
नेप्सेमा सामान्य सुधार, परिसूचक ५.०८ अङ्कले उकालो — कारोबार रकम भने घट्यो
Leave a Comment
Leave a Comment

