फागुन २३ – प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअन्तर्गत अहिलेसम्म ३० वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २२ क्षेत्रमा जित हासिल गर्दै स्पष्ट अग्रता कायम गरेको छ।
त्यसैगरी नेपाली कांग्रेसले ५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले २, नेकपा एमालेले १ र स्वतन्त्र उम्मेदवारले १ क्षेत्रमा विजय हासिल गरेका छन्।
हाल मतगणना भइरहेका अधिकांश क्षेत्रमा पनि रास्वपाकै उम्मेदवार अग्रस्थानमा रहेका छन्। पछिल्लो विवरणअनुसार रास्वपा ९४, कांग्रेस १०, एमाले १२, नेकपा ११, श्रम संस्कृति पार्टी ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १ क्षेत्रमा अगाडि छन्।
रास्वपाका विजयी उम्मेदवार
रास्वपाबाट चितवन–२ मा रवि लामिछाने ५४ हजार ४०२ मतसहित तेस्रोपटक निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत ल्याउनुभएको छ।
त्यसैगरी भक्तपुर–१ मा रुकेश रन्जित, काठमाडौं–२ मा सुनिल केसी, महोत्तरी–१ मा प्रमोदकुमार महतो, स्याङ्जा–१ मा धनञ्जय रेग्मी, बाँके–१ मा सुरेशकुमार चौधरी, बाँके–३ मा खगेन्द्र सुनार र रुपन्देही–४ मा कन्हैया बनिया विजयी हुनुभएको छ।
मोरङ–६ मा रुविना आचार्यले कांग्रेसका डा. शेखर कोइरालालाई पराजित गर्नुभएको छ भने काठमाडौं–९ मा डीपी अर्याल, धनुषा–३ मा मनिष झा, मोरङ–४ मा सन्तोष राजवंशी, कास्की–३ मा बिना गुरुङ, काठमाडौं–१० मा प्रदीप बिष्ट, कास्की–२ मा उत्तमप्रसाद पौडेल विजयी हुनुभएको छ।
काठमाडौंका विभिन्न क्षेत्रमा सस्मित पोखरेल (काठमाडौं–५), पुकार बम (काठमाडौं–४), गणेश पराजुली (काठमाडौं–७), राजुनाथ पाण्डे (काठमाडौं–३), विराजभक्त श्रेष्ठ (काठमाडौं–८), शिशिर खनाल (काठमाडौं–६) र रञ्जु न्यौपाने (काठमाडौं–१) पनि विजयी हुनुभएको छ।
कांग्रेसका विजयी उम्मेदवार
कांग्रेसबाट तेह्रथुममा सन्तोष सुब्बा, दैलेख–१ मा बासना थापा, रसुवामा मोहन आचार्य, मुस्ताङमा योगेश गौचन थकाली र मनाङमा टेकबहादुर गुरुङ निर्वाचित हुनुभएको छ।
नेकपाका विजयी उम्मेदवार
कालिकोटबाट महेन्द्रबहादुर शाही र रुकुमपूर्वबाट नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ।
एमाले
बाँके–२ बाट एमालेका मोहम्मद इस्तियाक राई २४ हजार ६४७ मतसहित निर्वाचित हुनुभएको छ।
स्वतन्त्र उम्मेदवार
म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन २२ हजार ८५० मतसहित निर्वाचित हुनुभएको छ।
निर्वाचन आयोगका अनुसार अन्य क्षेत्रको मतगणना पनि तीव्र रूपमा जारी रहेको छ र क्रमशः अन्तिम परिणाम सार्वजनिक हुने क्रम जारी छ।
प्रतिनिधिसभा चुनाव : ३० क्षेत्रमा अन्तिम नतिजा, रास्वपाको २२ क्षेत्रमा ऐतिहासिक जित
Leave a Comment
Leave a Comment

