मेयर सुवेदीमाथि घरमै कुटपिट, आक्रमण गर्ने व्यक्ति पक्राउ

1 Min Read

फागुन २५,झापा – झापाको गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीमाथि घरमै पुगेर कुटपिट गरिएको छ। आइतबार बेलुका गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौलाले मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमा पुगेर गालीगलौज गर्दै हातपात गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सिटौला जापानबाट फर्किएको व्यक्ति हुन्। उनले एक्कासि घरमा पुगेर विवाद सुरु गर्दै मेयर सुवेदीमाथि हातपात गरेका थिए। मेयर सुवेदीले पनि सिटौला अचानक घरमा आएर विवाद गरेको र त्यसक्रममा आफूमाथि हातपात भएको बताए। एक्कासि विवाद गर्दै हातपात गर्यो। घटनापछि प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमान्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको छ। हाल उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सुवेदी नेकपा एमालेबाट गौरादह नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन्।

Share This Article
Leave a Comment