राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र सार्वजनिक

1 Min Read

७ फागुन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा चुनावको वाचापत्र सार्वजनिक गरेको छ । घोषणापत्रलाई वाचापत्र नाम दिएको रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विशेष कार्यक्रमका बीच सार्वजनिक गरेको हो ।

सय बुँदे बाचापत्रमा सुशासन, पारदर्शिता, रोजगारी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकास प्राथमिकतामा छन् । रास्वपाले भ्रष्टाचार नियन्त्रण, सरकारी सेवामा डिजिटल प्रणालीको विस्तार, युवालाई उद्यमशीलतामा प्रोत्साहन, स्थानीय उत्पादनको बजारीकरण र कर्णालीमा विशेष पूर्वाधार कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहलगायत नेताहरूले वाचापत्र सार्वजनिक गरेका हुन् । 

Share This Article
Leave a Comment