शिक्षक सेवा आयोगद्वारा मावि शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान

1 Min Read

माघ ३, झापा- शिक्षक सेवा आयोगले माध्यमिक तह (मावि) तृतीय श्रेणी शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । आयोगले आज सूचना प्रकाशित गर्दै प्रतियोगितात्मक परीक्षामार्फत शिक्षक पदपूर्ति गर्ने जनाएको हो ।
सूचना अनुसार मावि तहका चार सय ४९ जना शिक्षकको पदपूर्ति गरिनेछ । विषयगत रूपमा सबैभन्दा धेरै विज्ञान विषयका लागि एक सय १३ जना शिक्षक माग गरिएको छ भने गणित, नेपाली, सामाजिकलगायत अन्य विषयका लागि पनि दरखास्त आह्वान गरिएको छ ।


योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि फागुन ३ गतेसम्म आयोगको अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । ढिलो आवेदन गर्न चाहनेले दोब्बर दस्तुर तिरेर फागुन १० गतेसम्म दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।

Share This Article
Leave a Comment